निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घन्टाका लागि बन्द हुने भएको हो ।
चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवत–जावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिए ।
उनले उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रीले नाकाबाट आवत–जावत गर्न नपाउने बताए ।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिनसक्ने प्रजिअ जोशीले बताए ।
पहिलो चरणअन्तर्गत् मंसिर १० गते प्रदेश नम्बर–७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ । रासस










प्रतिक्रिया दिनुहोस्