खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका– ३ की ५० वर्षीय विष्णु बुढाथोकी घाइते भएको स्थानीयवासी हरि गुरुङले जानकारी दिए ।
घाँस काट्नसँगै गएका साथीहरुले होहल्ला गरेपछि बाघले घाइते अवस्थामा महिलालाई छाडेको स्थानीयले बताएका छन् । बाघको आक्रमणबाट घाइते महिलाको घाँटी र खुट्टामा ठूलो घाउ लागेको छ ।
घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्