मंगलबार बम राखेको हल्ला चलेपछि भवन खाली गराएर सम्पूर्ण सुरक्षा खानतलासी गरिएको थियो । बमको हल्ला आएपछि मंगलबारका लागि तोकिएका सबै इजलास स्थगित गरिएको थियो ।
अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको सचिवलायमा फोन गरेका थिए । त्यसपछि इजलास खाली गराइएको हो । फोन न्यूरोड र स्वयम्भूबाट आएको प्रहरीले जनाएको छ ।
बम राखिएको हल्लापछि नेपाली सेना र सशस्त्र प्रहरीको बम निष्क्रिय पार्ने टोली एवं नेपाल प्रहरीको सुरक्षा टुकडी सर्वोच्चमा पुगेर खानतलासी गरेको थियो ।
सुरक्षाकर्मीले भवनभित्र र बाहिर सबैतिर सुरक्षा जाँच गरेका थिए । प्रहरीको तालिमप्राप्त कुकुर पनि सुरक्षा जाँचमा परिचालन गरिएको थियो ।
सबै इजलास खाली गराइ न्यायाधीशहरुलाई बाहिर निकालिएको थियो ।










प्रतिक्रिया दिनुहोस्