Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सडक भत्काउँदा काठमाडौं महानगरलाई जानकारी दिनुपर्ने


0
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

‘कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ,’ प्रमुख शाक्यले भने । जथाभावी सडक भत्काउँदा सर्वसाधारणले समस्या भोक्नु परेकाले पूर्व जानकारी गरेरमात्र भत्काउन तथा प्राथमिकताको साथ निर्माणको काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको अध्यक्षतामा बसेको बैठकले महानगरको अधिनमा रहेको आठ मिटरसम्मको सडक होस् या सडक विभागले बनाउने ठूला सडक भत्काउँदा निर्माण गर्ने कार्ययोजनासहित महानगरलाई जानकारी दिनुपर्ने निर्णय गरेको थियो ।

सहरको विकास निर्माणको काममा विभिन्न संस्थाको संलग्नता रहेकाले विकासको काम गर्दा समन्वय रहोस् भन्ने उद्देश्यले यस किसिमको अवधारण ल्याइएको शर्माले बताए । रासस