मृत्यु हुनेमा तनहुँ नगरपालिका–१ का २८ वर्षीय शरद पौडेल रहेको जिल्ला ट्राफिक कार्यलय इलामका प्रमुख पदम राईले जानकारी दिएका छन् ।
यस्तै घाइते हुनेमा इलाम चमैता निवासी अस्मिता राई रहेकी छिन् ।
बिहान ९ बजेतिर झापाबाट ताप्लेजुङ जाँदै गरेको ग१२प ४८३ नम्बरको मोटरसाइकलको टायर चिप्लेर मे१ख १९४२ नम्बरको ट्रकको पछाडीको टायरमा पर्दा घटना भएको राईले जानकारी दिए । उनका अनुसार ट्रक इलामबाट झापा आउँदै थियो ।
दुर्घटनामा परि घाइते भएकी अस्मितालाई उपचारकालागि झापा पठाइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख राईले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्