Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कांग्रेसका स्थानीय नेताको घरमा राखिएका दुई सुतलीबम निस्क्रिय पारियो


0
Shares

कांग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतलीबम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

बुधबार शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर–१ ले चुनावीसभा आयोजना गरेको र त्यहाँ कांग्रेसका उम्मेदवार डा. रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले बम राखेको हुनसक्ने अनुमान गरिएको छ ।

बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भएपनि निर्वाचनविरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसअघि, कांग्रेसका उम्मेदवार डा. महतलाई लक्षित गरी बम विस्फोट गराउँदा कार्यकर्ता चढेको गाडीमा लागेर पाँचजना घाइते भएका थिए ।

यस्तै, बुधबार बम राखिएको घरधनी थापालाई पनि शिवपुरी गाउँपालिका–४ को वडा सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै नेकपाले गत भदौ ३१ गते मोसो दलेर दुर्व्यवहार गरेको थियो । रासस