Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चारजना घाइते


0
Shares

घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् ।

शिवाकोटीलाई धान काट्नेक्रममा बुधबार साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्नेक्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो ।

चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेका प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

चितुवाको आक्रमणमा परी घाइते भएकामध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीनजनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।