१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


चेम्बर–राजश्वसचिव घिमिरे भेट


0
Shares

काठमाडौं, पुस १२ । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमन्डलले राजस्वसचिव लालशंकर घिमिरेसित भेट गरी वित्तीय क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा भएको सो भेटमा नेपालको वित्तीय क्षेत्रसित सम्बन्धित विविध समस्याबारे छलफल भएको चेम्बरले जनाएको छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी–व्यवसायीहरुले भोग्नुपरिरहेका समस्याहरुकाबारेमा जानकारी गराउँदै समाधानका लागि विभिन्न उपायहरु सुझाएका थिए ।