राजनीतिक दलका नेता कार्यकर्ता आफ्नो जित सुनिश्चित गर्न भोट माग्दै दिनहुँ सभा समारोह र घरदैलो गरिरहेका छन् तर बादी समुदायलाई भने चुनावले छोएको छैन ।
बझाङका वादी समुदायलाई चुनाबको भन्दा विहान बेलुकाको छाक कसरी टार्ने भन्ने निकै चिन्ता लागेको छ ।
खेती गरेर कमाई खाने जग्गा नभएका जयपृथ्वी नगरपालिका १० मा बसोबास गर्ने ११ बादी परिवार र थलारा गाउँपालिका थलारामा बसोबास गर्ने २१ बादी परिवारमा वर्षा लाग्दा ओत खोज्नुपर्ने एक छाक खानका लागी माग्दै हिड्नु पर्ने बाध्यता रही आएको उनीहरुको भनाइ छ ।
उसो त चुनाब नजिकिदै गर्दा सबै दलका नेता तथा कार्यकर्ता भोट माग्न बादी समुदायको घर नपुगेका होईनन् । तर गाँस, बास र कपासमै अल्झिएका उनिहरुलाई उम्मेद्वारले दिने आश्वासनले छोएको पाइदैन ।
चुनाव जितेपछि उम्मेद्वार गाउँ नै नपस्ने गरेको भन्दै अव हुने निर्वाचनमा मान्छे हेरेर भोट हाल्ने उनीहरु बताउँछन् ।
सरकारले बझाङका बिभिन्न गाउँमा बिकास निर्माणका काम सुरु भए पनि वादी परिवारमा भने बिकासको नाममा कसैले केही पनि नगरेको गुनासो उनीहरुको छ ।
१ लाख ४ हजार ७ सय ७५ मतदाता रहेको बझाङमा १ सय ६० मतदान स्थल र १ सय २५ मतदान केन्द्र रहेका छन् ।
यहाँ प्रतिनिधी सभा तर्फ ७ र प्रदेश सभातर्फ १० जना गरी कुल १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)










प्रतिक्रिया दिनुहोस्