Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निर्वाचनमा नागरिक अपेक्षाः हिजोको बाचा पुरा गर्ने र विकासप्रेमी नेतृत्व (भिडियो)


0
Shares

उम्मेदवारले विभिन्न आश्वासनसमेत दिँदै छन् । तर मतदाता भने विकासप्रेमी नेतृत्व आवश्यक रहेको बताउँछन् ।

लमजुङमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले जनता उत्साहित छन् । अस्थिर राजनीतिबाट आक्रान्त जनताहरु विकासप्रेमी नेता चाहेको बताउँछन् ।

संविधानको कार्यान्वयन, हिजो बाचा गरिएका माग पुरा गर्दै आर्थिक विकास र समृद्धिको चरणमा मुलुकलाई डोर्‍याउने नेतृत्व चाहेको मतदाता बताउँछन् ।

निर्वाचनमा जनतालाई देश विकासको सुन्दर सपना बाँडेर मत माग्ने चलन नयाँ होईन । प्रत्येक चुनावमा सपना बाँडिन्छन तर कार्यान्वयन भने न्यून भइरहेको यथार्थ छ ।

जनतालाई आश्वासन दिनेभन्दा जनताप्रति सकरात्मक सोच भएका नेतृत्व नागरिकले अपेक्षा गरेका छन् ।

दुरदराजका जनताको भावनालई सम्बोधन गर्दै जिल्लाको समृद्धितर्फ चिन्तन गर्ने नेतृत्व हुनुपर्ने बेसीशहरका दिनेशबाबु विष्ट बताउँछन् ।

अहिले राजनीतिक दलका प्रायः सवै उम्मेदवारहरुको चुनावी एजेण्डा सविधान कार्यन्वयन, स्थायी शान्ति, आर्थिक समृद्धि देखिन्छ ।

मुलुकको आर्थिक समृद्धिकै लागि विदेश पलायन भईरहेका युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउन सक्ने नेतृत्व आवश्यक रहेको व्यवसायी गुणराज सिलवालको भनाई छ ।

मतदाताहरुको अपेक्षा बाटोघाटो, पुलपुलेसा, सडक निर्माण, उद्योगको विकास गर्दै आर्थिक समृद्धि हासिल गर्ने नेतृत्व हो ।

उम्मेदवारहरुको आश्वासन पनि यिनै कुरामा भेटिन्छ । बोलेका कुरा मात्रै व्यवहारमा लागू गर्ने हो भने पनि देशको मुहार फेरिन समय नलाग्ने मतदाताको विश्वास छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)