
दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटोनजिकै भीमेश्वर नगरपालिका–६ को वडा कार्यालयको गटेमा राखिएको उक्त सकेटबम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।
सकेटबम राखिएको स्थानमा कांग्रेसले बिहीबार आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ ।
स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्