
द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवाका लागि सरकारले सहमति प्रदान गर्न लेखेर पठाएको पत्र निर्वाचन आयोगले अस्वीकार गरेको हो ।
आयोगले काज सरुवाको सक्कल फाइल २४ घन्टाभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ । गृह मन्त्रालयले काज सरुवा गरेका द्वितीय श्रेणीका ६ जना कर्मचारीमध्ये तीनजना प्रमुख जिल्ला अधिकारी छन् ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गत भदौ १४ गतेबाट निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने समेत आयोगले प्रस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्