Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाउन दुवै देशका सुरक्षा अधिकारी सहमत


0
Shares

वीरगञ्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले २१ गते हुने निर्वाचनका क्रममा हुनसक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाउने सहमति गरेको हो ।

बैठकमा पर्सा, बारा र रौतहटका सुरक्षा प्रमुख तथा सिमावर्ती भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणका सुरक्षा प्रमुख सहभागी थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले दुवै देशका सुरक्षा अधिकारीहरुबीच निर्वाचन सुरक्षा र निर्वाचनका बेला सीमा नाकाहरु शील गर्ने विषयमा छलफल भएको जानकारी दिए ।