Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सुनको भाउ तोलामा १०० ले कमी, चाँदीको स्थीर


0
Shares

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने स्थीर रहेर तोलाको ७६५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।