वाम गठबन्धनका तर्फबाट सिरहा क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो ।
कार्यालयको नवनिर्मित माथिल्लो तलामा प्रेसरकुकर बम विस्फोट भएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।
विस्फोट गराइएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेलापरेको प्रहरीले जनाएको छ ।
शुक्रबारै साँझ धनगढीमाई नगरपालिका–७ स्थित फुलकहामा राखिएको संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेलापरेको छ ।
फोरमका तर्फबाट सिरहा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको बा३च ७६६१ नम्बरको प्रचार गाडीमा प्रेसरकुकर बम फेलापरेको हो ।
उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए ।
गाडीको पछाडि सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटिएको र निस्क्रिय गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको भेटवालले जानकारी दिए । रासस










प्रतिक्रिया दिनुहोस्