Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मानव वेचविखनमा नेपाल दोस्रो तहमै


0
Shares

काठमाडौं, असार १६ । मानव वेचविखनसम्बन्धी मूल्यांकनमा नेपालले यसपालि पनि दोस्रो तहमै निरन्तरता पाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०१८ ले नेपालको स्तर नसुध्रिएको देखाएको हो ।

विश्वभरका सरकारले आधुनिक दासत्वविरुद्धको संघर्षमा गरेका प्रयत्नको मूल्यांकन गरिएको उक्त प्रतिवेदनमा न्यूनतम मापदण्डको पूर्ण पालन भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्याकंन गरिएको छ ।

‘मानव वेचविखनको रोकथामका लागि नेपालले आफ्नो प्रयत्न बढाउनका साथै कानुन कार्यान्वयन तथा पीडितको संरक्षणसम्बन्धी प्रयत्नमा समेत केही सुधार भएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचविखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ र यसो गरेमा नेपालले मानव वेचविखनविरुद्धको आफ्नो प्रतिवद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ ।’ -नागरिक दैनिकबाट