२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


करणी गरेको अभियोगमा १३ बर्षीय बालक पक्राउ


0
Shares

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ ।

घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर बालकलाई रंगेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच र उपचार भइरहेको छ ।
रासस