Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई


0
Shares

आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधीकरण र जेपी एसोसियट्सबीच विहीवार ठेक्का सम्झौता भएको हो ।

काम थालेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको छ । अगामी सन् २०२१ मा सम्पन्न गर्ने शर्तसहित ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा, यसअघि छनौट भएको भारतकै आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधीकरणले आयोजनाको काम अघि बढाएको हो ।

आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो मोदीखोला सवस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ ।