Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान, एकजना घाइते


0
Shares

पर्सा, पुस ११ । नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साका कार्यकर्ताबीच बुधबार अपराह्न वीरगन्जमा खुकुरी हानाहान भएको छ ।

वीरगन्ज तेजारथ टोलस्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसंघका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसंघ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ ।

घाइते अन्सारीलाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ ।

घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

जिल्ला अधिवेशनका लागि कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिकारुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा छलफल चलिरहेका बेला नेविसंघका कार्यकर्ताबीच विवाद भइ खुकुरी हानाहान भएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए । रासस