
त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ ।
बीसबर्षे पुरानो सवारी कति प्रयोगमा छन् भनेर अहिले दशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रबक्ता टोकराज पाण्डेले जानकारी दिए ।
विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रयोग प्रतिबन्ध नियम कार्यान्वयनमा विभाग सफल भएको उनको दाबी छ ।
काठमाडौं उपत्यकाभित्र बीसबर्षे सार्बजनिक सबारी छैन ।
विभागले उपत्यकामा बीसबर्षे सार्बजनिक सवारी प्रतिबन्ध लगाएको एक सातामा सबै सवारी हटेको उनको भनाइ छ । –अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्