Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आज ३२ जिल्लामा सवारी साधन चलाउन रोक


0
Shares

निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि ती क्षेत्र भएर चल्ने सवारी प्रभावित भएका छन् ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा गएराति १२ बजेदेखि आज साँझ ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

सवारी साधन सञ्चालनमा रोक लगाइएपछि पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भएर ओहोर–दोहोर गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

पृथ्वी राजमार्गको केही भाग धादिङ र गोरखामा पर्छ । त्यहाँ आज मतदान भइरहेको छ । त्यसैगरी, अरनिको राजमार्गसमेत आज प्रभावित भएको छ ।

विपी राजमार्ग भएर रामेछाप, ओखलढुंगा जाने सवारीलाई समेत चुनावले असर गरेको छ ।

मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाएका छन् ।

अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा पनि रोक लगाइएको छैन ।