
काठमाडौं, पुस ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश पुनःविचार नहुने स्पस्ट पारेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनले सवै सरोकारवालासँग छलफल गरेरै अध्यादेश ल्याएको भन्दै ‘अध्यादेशले कुनैपनि कर्मचारीको वृत्ति विकासको ढोका बन्द गरेको छैन’–भने ।
मन्त्री पण्डितले संसदले छिट्टै संघीय निजामती सेवा ऐन पेस गर्ने र त्यो पारित हुनेबित्तिकै संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक प्रादेशिक निजामती ऐन र स्थानीय सेवा ऐन पनि ‘ड्राफ्ट’को रुप संसदमा पेस गर्ने जानकारी दिए ।
बैठकमा सांसदहरुले अध्यादेशबाट कर्मचारी समायोजन ऐन ल्याउनु गलत भएको भन्दै अध्यादेशप्रति कर्मचारीहरुले राखेका सरोकारका विषय सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्