८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


११ दिनसम्म मतपेटिकाको सुरक्षा कसरी गरिन्छ ? (भिडियो)


0
Shares

निर्वाचनसम्पन्न भएको ११ दिनसम्म पनि मतगणना नहुने हुँदा मतपेटिकाको सुरक्षामा सर्वत्र चासो देखिएको छ ।

तर निर्वाचन आयोगले मतपेटिकाको सुरक्षामा ढुक्क रहन सबैलाई आग्रह गरेको छ । नेपाली सेनासहितका सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिले चौबीसै घण्टा मतपेटिकाको सुरक्षा गर्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए ।

यसैगरी नेपाल प्रहरीका डिआईजी एवं प्रवक्ता मनोज न्यौपाने पहिलो चरणको निर्वाचन भयरहित तरिकाले सम्पन्न भएको भन्दै मतपेटिकाको सुरक्षार्थ बलियो व्यवस्थापन गरेको बताउँछन् ।

त्यसो त छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले जनाएका छन् ।

आयोगका सदस्य सुदिपकुमार पाठकले समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै मतपेटिकाको सुरक्षा पनि सोही अनुसार हुनुपर्ने बताए ।

यस्तै नियोगका महासचिव डा. गोपालकृष्ण शिवाकोटीले सबैको नजर मतपेटिकाको सुरक्षामा हुने भन्दै कसैले बद्मासी गर्न नसक्ने विश्वास व्यक्त गरे ।

११ दिनसम्म गणना नगरी मतपेटिका सुरक्षित राख्नु साच्चिकै चुनौतीपूर्ण काम हो ।

भिडियो रिपोर्ट हेर्नुहोस्