Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पुस १८ गते राजपाको देशभर जिल्लास्तरीय विस्तारित बैठक


0
Shares

काठमाडौं, पुस ११ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यही पुस १८ गते देशभर जिल्लास्तरीय विस्तारित बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्षमन्डलको बैठकले सबै जिल्लामा विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले पुस २५ गते सबै जिल्लामा वडास्तरीय विस्तारित बैठक बोलाउनसमेत निर्देशन दिएको नेता राजकिशोर यादवले जानकारी दिए ।

अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले पार्टीको महाधिवेशन प्रयोजनका लागि साधारण र सक्रिय सदस्यता वितरण अभियानलाई माघ १५ गतेम्म थप्ने निर्णय पनि गरेको छ ।