Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने


0
Shares

काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ ।

नेकपा संसदीय दलको बुधबार राजधानीमा बसेको बैठकले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संसद अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका संसदलाई निर्देशन दिएको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

बैठकले दलको विधानसमेत पारित गरेको उनले बताए ।

संघीय संसदको तेस्रो अधिवेशन बुधबारदेखि प्रारम्भ भएको छ । रासस