जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाको मतपेटिका सदरमुकामतर्फ ल्याउनेक्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतलीबम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
बम विस्फोटबाट कुनैपनि क्षति भने नभएको र थप सुरक्षासाथ मतपेटिका ल्याउनेक्रम जारी रहेको डीएसपी थारुले बताए ।
सोमबार दिउँसोसम्म १०० बढी मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको छ ।
साल्पासिलिछो र आमचोक गाउँपालिकाको मतपेटिका पनि सोमबार बेलुकीसम्म सदरमुकाम ल्याइसकिने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।










प्रतिक्रिया दिनुहोस्