१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


पुलमुनी सडेको अवस्थामा बच्चाको शव भेटियो


0
Shares

धरान । धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ ।

बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए ।

शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको छ । 

गाडेको अवस्थामा जनवारले उधिनेको हुनसक्ने निरीक्षक तिम्सिनाले बताए ।