१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


निर्वाचनपछि वामपन्थीहरुको सरकार बन्छ, ढुक्क हुनोस् : ओली


0
Shares

सोमबार बर्दियाको सदरमुकाम गुलरियामा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि वामपन्थीहरुको सरकार बन्नेमा ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरे ।

उनले वाम गठबन्धनको तालमेलमा जो–जो जहाँबाट उठेका छन्, उनीहरुलाई मतदान गरेर जिताए जनताले अनुभूत गर्नेगरी सरकार बनेर काम गर्ने विश्वास पनि दिलाए ।

सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापाले मुलुकमा चुनावपछि शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण हुन लागेको बताए ।

अहिलेको वाम गठबन्धन त्यसैको सुरुआत भएको भन्दै उनले यो चुनावी तालमेलमात्र नभइ नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्ने ऐतिहासिक थालनी भएको जिकिर गरे ।

सभामा वाम गठबन्धनका उम्मेदवारद्वय वामदेव गौतम र तिलक शर्मालगायतले मुलुकको स्थायित्वका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताएका थिए ।