
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको स्थायी कमिटीको आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले सामुहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले समन्वय गरेर अगाडि बढे मात्र पार्टी र सरकार सफल हुने धारणा राखेका थिए ।
दुई अध्यक्षले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनबारे सदस्यले दिएको सुझाव समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने उनको भनाई थियो ।
उनले सदस्यहरुले राखेका धारणाका विषयमा कार्यदल बनाएर समस्या सामधान गर्न सकिने बताए ।
दाहालले बैठकबाटै सबै बिवादको टुंगो लगाउनुपर्ने र स्थायी समितिबाटै कार्यदल बनाउन प्रस्ताव गरे ।
अध्यक्ष दाहालले सरकारको रक्षा, सरकारले गरेका राम्रा कामको प्रचारमा ध्यान दिन पनि सदस्यहरुलाई आग्रह गरे ।
स्थायी कमिटीको भोलिको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्