
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले मतपेटिकासँगै आफूहरु पनि हेलिकोप्टरमा सदरमुकाम जान पाउनुपर्ने माग विवाद गरेपछि हिजो मतपत्र लिन गएको हेलिकोप्टर खाली फर्किएको थियो ।
तर आज प्रतिनिधिहरुको विवाद सामय भएपछि तीन वटै मतपेटिका सुरक्षित तवरले सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिए ।
मतपेटिकासँगै मतदान अधिकृत आएको र अन्य कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरु भने हिँडेरै सदरमुकाम आउने उनको भनाइ छ ।
काँडाबाट सदरमुकाम चैनपुर पुग्न तीन दिन लाग्छ । १ सय ६० मतदान केन्द्र रहेको बझाङमा सबै मतदान केन्द्रका मतपेटीका सुरक्षित तरीकाले सदरमुकाम चैनपुर ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्