Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिमकोटमा तारा एयरको विमान दुर्घटना (फोटोफिचर)


0
Shares

मंगलबार बिहान विमानको अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।

दुर्घटनामा विमानका क्याप्टेन वसन्त लामासहित अमित गुरुङ र श्रेया श्रेष्ठ घाइते भएका छन् । त्यस्तै, प्रहरी सहायक निरीक्षकद्वय चित्रबहादुर विष्ट र किशोर ऐरी, प्रहरी जवानद्वय यमप्रसाद दाहाल र हस्तबहादुर सिंह पनि घाइते भएका छन् ।

विमानमा चालक दलका तीन सदस्य र १३ यात्रु सवार थिए ।

taraair2

घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

taraair1