१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सिमकोटमा दुर्घटनाग्रस्त विमानको अगाडिको भागमा क्षति, सातजना घाइते


0
Shares

सिमकोटबाट सुर्खेतका लागि उड्न लागेको विमान धावनमार्गबाट उछिट्टिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाकाअनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन सदस्यसहित १६ जना सवार थिए ।

विमानमा सवार सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ ।

विमान दुर्घटना भएपनि मानवीय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा सिनियर क्याप्टेन बसन्त लामा, क्याप्टेन अमित गुरुङ, एअर होस्टेज श्रेया श्रेष्ठसहित १३ जना सुरक्षाकर्मी सवार थिए । चुनावमा खटिएका सुरक्षाकर्मीलाई सुर्खेत छाड्न विमान त्यसतर्फ जाँदै थियो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रसाद सिटौलाले दुर्घटनाग्रस्त विमानबाट इन्धन चुहिएपनि माटोमा परेकाले आगोलागीको खतरा टरेको बताए ।

दुर्घटनाग्रस्त विमानको पखेंटा बिजुलीको तारमा परेको छ ।