१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन


0
Shares

तेह्रथुम । तेह्रथुममा लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ ।

जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा महिला हिंसा नियन्त्रण सञ्जाल बनाइएको हो ।

सन्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलाहरुलाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह र मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउन पहल गर्ने बताइएको छ ।

सञ्जालमा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र सदस्य सचिव र सदस्यहरुमा विभिन्न संघसंस्था, नागरिक समाज, कानुन, उद्योग, बालकल्याण, सन्चार, शिक्षा र मानव अधिकार क्षेत्रका प्रतिनिधिहरु छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता सञ्जालहरु सबै स्थानीय तह र वडास्तरसम्म पनि गठन गर्ने तयारी रहेको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए ।