Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


भूकम्प गएको ३२ महिनापछि लमजुङमा पुनःनिर्माण कार्यालय


0
Shares

सोमबार सदरमुकाम बेसीसहरमा कार्यालय स्थापना गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणको गतिलाई तीव्रता दिने बताए ।

उनले लमजुङका भूकम्पपीडितलाई मनसुनअघि नै टहराबाट नयाँ घरमा सार्ने योजनाका साथ आफू लागिपरेको दाबी गरे ।

मंसिरभित्र सबै गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यक इन्जिनियर उपल्ब्ध गराउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भूकम्पपीडितलाई आवास अनुदानबापतको दोस्रो किस्ता वितरणका लागि अख्तियारी दिइसकेको भन्दै पहिलो किस्ता प्राप्त गरेर घरको जग निर्माण गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको अनुदान तत्काल वितरण गरिने जनाएको छ ।

लमजुङमा १३ हजार ९५९ घरधुरी लाभग्राही सूचीमा छन् ।

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीकाअनुसार १३ हजार ८४ निजी घर निर्माणको सम्झौता भएको छ ।

तीमध्ये १२ हजार ५६१ घरधुरीले ५० हजार रुपैयाँका दरले पहिलो किस्ता बुझिसकेका छन् भने ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् ।

तर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्राविधिक नखटाउँदा पहिलो किस्ता बुझेर पनि पीडितहरुले घर बनाउन सकिरहेका छैनन् ।