Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मतदानमा खटिएका कर्मचारीको लेक लागेर मृत्यु


0
Shares

उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेपछि छोसेर मतदान केन्द्रका कर्मचारी ४५ वर्षीय लेखनाथ निउरेको लेक लागेर मृत्यु भएको हो ।

जिल्ला घरेलु तथा साना उद्योग विकास समितको उद्योग विकास शाखा मुस्ताङमा कार्यालय सहयोगीको रुपमा कार्यरत् निउरेलाई लेक लागेपछि उपचारका क्रममा मृत्य भएको जिल्ला स्वास्थ्य कार्यालय जोमसोमले जनाएको छ ।

गत शुक्रबार मतदान अधिकृत बुद्धिराम उपाध्यायसहित टोली उपल्लो मुस्ताङतर्फ प्रस्थान गरेका निउरे मतदानका दिन आइतबार बिरामी भएका थिए । मतदान कार्यक्रम सकेर सदरमुकाम फर्किएका निउरेलाई सोमबार साँझ जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि भर्ना गरिएको थियो ।

जिल्ला स्वास्थ कार्यालय जोमसोममा कार्यरत डा.राम शर्मा सुवेदीले निउरेको ‘हाईअल्टिच्यूड’ र चिसोका कारण मृत्यु भएको बताए । डा.सुवेदीका अनसार मृतक निउरेलाई दुई दिन अगाबै लेक लागेको थियो । उनले जोमसोम आइपुग्दा निउरको शरीर कमजोर भएको र अक्सिजन दिएर बचाउने प्रयास गर्दा समेत सफल हुन नसकेको बताए ।