Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाली सेनाको गाडी पल्टँदा १४ जना घाइते, दुईको अवस्था गम्भीर


0
Shares

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु१ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो ।

गुड्दै गरेका बेला ट्रकको ‘ब्रेकफेल’ हुँदा चालकले ट्रक सडक किनारामा पल्टाएको बुझिएको छ ।

घाइतेको प्रहरीले उद्धार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्‍याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।