Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ पुस २६ देखि


0
Shares

काठमाडौं, पुस १० । ‘भिजिट नेपाल २०२०’ सफल बनाउन ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट २०१९’ आयोजना गरिने भएको छ ।

 

बौद्धधर्मसँग सम्बन्धित पर्यटकीय तथा धार्मिकस्थलको पहिचान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले ट्राभल मार्ट सन्चालन गर्न लागेको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भिजिट नेपाल २०२० सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले सबै क्षेत्रलाई यो अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘बुद्धिस्ट सर्किट’लाई कार्यक्रमले ‘गेटवे’कारुपमा विकास गर्न सहयोग गर्ने बताए ।

यस्ता कार्यक्रमले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सकारात्मक र प्रभावकारी बताउनुपर्ने उनले बताए ।

बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट यही पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा हुन लागेको हो ।