Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘निक इलेक्ट्रो टेक’ सम्पन्न


0
Shares

काठमाडौं, पुस १० । शुक्रबारदेखि राजधानीमा आयोजना गरिएको विद्युतीय सामग्रीहरुको बृहत् प्रदर्शनी ‘निक इलेक्ट्रो टेक २०१८’ मंगलबार उत्साहजनकरुपमा सम्पन्न भएको जनाइएको छ ।

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नारासहित आयोजित पाँचदिने मेला ८० हजारभन्दा धेरैले अवलोकन गरेको जनाइएको छ ।

मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सन्चार एवं सूचना–प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जाउद्यमीहरूका नवीनतम् उपलब्धिहरूबारे जानकारी प्रदान गरिएको थियो ।

प्रदर्शनीमा ७७ ओटा स्टल राखिएका थिए ।