Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


पुँजीबजार सुधार कार्यदलका सबै सुझाव कार्यान्वयन गर्ने गभर्नरको प्रतिबद्धता


0
Shares

काठमाडौं, पुस १० । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पुँजीबजारको सुधारका लागि सरकारी कार्यदलबाट आएका सबै सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको मंगलबारको बैठकमा उनले सबै सुझाव कार्यान्वयन गर्ने बताएका हुन् ।

समितिले बुझाएको ५८ ओटा सुझावमध्ये २७ ओटा सुझाव राष्ट्र बैंकले कार्यान्वयन गर्नुपर्ने छन् ।

पुँजीबजार सुधारबारे प्रतिवेदन पाएको भन्दै उनले ती सबै कार्यान्वयन गरिने बताए ।

उनले केन्द्रीय बैंककै दबाबमा बैंकहरुले ब्याजदर घटाउन भद्र सहमति गरेको पनि समितिलाई जानकारी गराए । वित्तीय संस्थालाई नैतिक दबाब दिएर ब्याजदर नियन्त्रणमा लिएको उनको भनाइ थियो ।

अर्थसचिव राजन खनालले पुँजीबजार र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकिएको बताए ।

सेयरबजार सुधारका विषयमा सुझाव आएको भन्दै उनले बजारमा आपूर्ति बढेको तर माग नबढ्दा मूल्य घटेको उल्लेख गरे ।