Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


‘धान दिवस संस्कृति, संस्कार, सभ्यता र विकासको आधार’


0
Shares

भक्तपुर, असार १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले मुलुकको समृद्धिको आधार कृषि भएकाले देशको विकासलाई गति दिन सरकारले कृषिमुखी बजेट र नीति ल्याएको बताएका छन् ।

धान दिवसका अवसरमा शुक्रबार भक्तपुरको सिपाडोलमा युवा संघ र वाइसीएलले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार विकासको गतिमा कहीँ–कतै नरोकिने बताए ।

उनले धान दिवस देशको संस्कृति, संस्कार, सभ्यता र विकासको आधार भएको उल्लेख गरे ।

महासचिव पौडेलले सरकारले देशमा कृषि उत्पादनलाई आधुनिकरुपमा विकास गर्ने नीति अघि सारेको बताउँदै कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण गर्ने, प्रांगारिक मलको विकास गर्ने, विषादीको अन्त्य गर्दै लैजाने गरी कार्यक्रम अघि सारिएको बताए ।

Skip This