अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
बुधबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ९८ डलर हाराहारी कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्