Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


राख्ने ठाउँको अभाव भएपछि बेवारिसे जस्तै बनेको दमकल बिग्रियो


0
Shares

आफ्नै भवन र सवारी राख्ने ठाउँ नहुँदा अत्यावश्यक मानिएको दमकल सडक किनारमै राखिँदा बिग्रन थालेको हो ।

दुई वर्षअघि ल्याइएको दमकल मेची राजमार्गमा रहेको ससस्त्र प्रहरीको चेक प्वाईन्ट छेउमा पार्किङ गरी राखिएको छ ।

खुल्ला आकाश मुनि अव्यवस्थित रुपमा पार्किङ गर्दा घामले तातिने र पानीले भिज्दा मेसिनमा खिया लाग्न थालेको छ भने ब्याट्री पनि डाउन हुँदा स्टार्ट हुन छाडेको दमकल रेखदेख गर्दै आएको ससस्त्र प्रहरीले जनाएको छ ।

अहिले कुनै स्थानमा आगलागी भए दमकल लैजान नसकिने अवस्थामा पुगेको ससस्त्र प्रहरीले जनाएको छ । नगरपालिकासँग दमकल चलाउने चालकसमेत छैनन् ।

दमकल चलाउन परे प्रहरीका चालकको सहयोग लिनुपर्ने बाध्यता नगरपालिकाको छ । अत्यावश्यक दमकल बेवारिसे बन्दा पनि नगरपालिकाले चासो नदिएको स्थानीयको गुनासोे छ ।

केही वर्षअघि ताप्लेजुङमा भएको आगलागीमा सयौं घर जलेर नस्ट भएपछि सरकारले नगरपालिकालाई दमकल दिएको थियो ।