सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति सिन्धुलीले उम्मेदवार तथा मतदाताका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाउन थालेको हो ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सिन्धुलीका राजनीतिक दलले प्रचारप्रसारलाई तिव्रता दिएसँगै जिल्ला प्रशासन कार्यालयले पनि सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निर्वाचनलाई लक्षित गर्दै वीपी राजमार्ग, मध्यपहाडी राजमार्गमा सुरक्षा चेकजाँच तिब्र पारिएको र अन्य स्थानमा पनि सुरक्षा गस्ती र पेट्रोलिङलाई निरन्तरता दिइएको बताए ।
सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता बढाएका छन् ।
९ वटा जिल्लासँग सिमाना जाडिएको सिन्धुलीमा कुनै पनि आपराधिक घटना नहोस् भन्दै सुरक्षा संयन्त्रलाई हाइअलर्टमा राखिएको छ ।
सिन्धुलीमाडी लगायत भिमान, खुर्कोट, दुम्जा, दुधौलीलगायतका व्यापारिक र बजार क्षेत्रमा सुरक्षा सक्रियता वढाई सुक्ष्म निगरानी बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
सबै मतदान स्थलमा समेत सुरक्षा व्यवस्था मिलाइएको छ ।
१ लाख ८१ हजार ५ सय २६ मतदाता रहेको सिन्धुलीका कुल १ सय ३७ मतदानस्थल र २ सय ४० मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत पूर्णेश्वरप्रसाद उपाध्यायले जानकारी दिए ।
आसन्त निर्वाचनका लागि सिन्धुलीमा १ हजार ६ सय ७४ कर्मचारी र करिव ३ हजार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्