Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सुनसरीमा सेना परिचालन


0
Shares

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आपराधिक समूहले बम विस्फोट गराउने सम्भावित स्थानहरुमा अब नेपाली सेनाले उच्च निगरानी गर्नेछ ।

बिहीबारदेखि सुनसरीका चारओटै निर्वाचन क्षेत्रका १६६ मतदानस्थल र ५२७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी नेपाली सेनाले गस्ती थालेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि सेना खटाइएलगत्तै धरान, इटहरी, दुहवी, इनरुवा, हरिनगरा, कप्तानगन्जलगायत स्थानमा सेनाको अस्थायी गुल्म स्थापना गरिएको छ ।

ती स्थानबाट सेनाले चौबीसै घन्टा मतदान केन्द्र, मतदाता र उम्मेदवारहरुको सुरक्षा निगरानी बढाउनेछ ।

नेपाली सेनाले भारतसँग सिमाना जोडिएका भन्टाबारी, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, लौकहीनाकालगायत आसपासका क्षेत्रमासमेत दैनिक निगरानी बढाएको छ ।