चुनावको मुखमा लगातार कार्यालय बन्द रहँदा सेवाग्राही भने मर्कामा परेका छन् ।
गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सलल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा शुक्रबार बिदा दिने निर्णय गरेको हो । भोलि शनिबार नियमित साप्ताहिक बिदा हो भने पर्सी आईतबार किरात समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पूर्णिमा परेकाले बिदा छ ।
सरकारले पृथ्वी जयन्तीको अवसरमा पुष २७ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी, इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको दिन पुस १० गते सोमबार पनि बिदा दिने निर्णय गरेको छ ।
यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र बिदाको व्यवस्था गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्