
वीरगन्ज, असार १५ । पर्सा प्रहरीले एक किलो अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीका ३८ वर्षीय सन्तोषकुमार साह रहेका छन् ।
प्रहरीले वीरगन्जबाट भारतर्फ गइरहेको ना४८प ३७७४ नम्बरको मोटरसाइकलको खानतलासी गर्दा उक्त सुन फेलापरेको हो ।
पक्राउ परेका व्यक्ति र सुन राजश्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्