काठमाडौं, पुस ९ । आइतबार उच्चदरले सुधारिएको सेयरबजारमा सोमबार भने गिरावट आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंकले ऋणात्मक भएर ११ सय ९१ मा आएर थामियो ।
कारोबारको सुरुआती समय उकालो लागेर १२ सयमाथि पुगिसकेको नेप्से आधा घन्टा नहुँदै ओरालो लाग्न थालेको हो ।
अघिल्लो दिन ३२ अंकले उकालो लागेर १२ सयनजिक पुगेको थियो ।
यसदिन कारोबार भएकामध्ये बढीजसो समूह रातो रहे । जीवनबिमा, उत्पादनमूलक, वित्त र अन्य समूह हरियो रहे भने अरु रातो रहे ।
जीवनबिमा समूह सबैभन्दा उच्च ६८ अंकले उकालो लाग्यो । होटल समूहमा ३२ अंकको गिरावट आउँदा निर्जीवन बिमा समूह पनि २० अंकले ओर्लियो । विकास बैंक, वाणिज्य बैंक अनि व्यापार समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।
यसदिन १६८ कम्पनीका २२ लाख ७६ हजार कित्ता सेयर ८० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्