
पोखरा, पुस ९ । पोखरा महानगरपालिका–२३, धारापानीमा अवैधरुपमा कुखुरापालन गर्दै आएका फिलिपिन्सका नागरिक अल्बर्ट क्याटाकुटन कैसिपलाई पर्यटन प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
विगत १९ महिनाअघिदेखि शंकास्पदरुपमा बस्दै आएका उनलाई गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक भगवती तिमिल्सिना नेतृत्वको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
निजलाई कारबाहीका लागि सोमबारै अध्ययागमन कार्यालयमार्फत् अध्यागमन विभाग काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि अवैधरुपमा बस्दै आएका रसियन नागरिकलाई पनि पक्राउ गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्