३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


ताप्लेजुङमा यसरी मनाइयो उधौली पर्व (भिडियो)


0
Shares

दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन रहेकाले यो पर्वलाई न्वागी पर्व पनि भनिन्छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ताप्लेजुङ र पाँचथरका स्थानीय फुर्सदिला बनेका छन् । यही समयमा किराँत समुदायले विशेष महत्वका साथ मनाउने पर्व चासोक तङनाम अर्थात उधौली पर्व परेकाले ताप्लेजुङमा यस पर्वको रौनक बढेको छ ।

विगत वर्ष झै यस वर्ष पनि किराँत समुदायले बिहानैदेखि सामुहिक रुपमा उधौली पुजा गरेका छन् । उधौली पुजामा दिवंगत पुर्खा र आ –आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने गरिन्छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्