२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खोर मै आएर चितुवाले बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित


0
Shares

चितुवाले स्थानीय लालकुमार रोइलाका तीनवटा खशी र दुईवटा बाख्रा खाएको छ । यस्तै, चितुवाले सोही गाउँपालिका–४ निवासी रत्नबहादुर राईका चार बाख्रा र रानबहादुर रोइलाका एक बाख्रा खाएको मानहादुर रोइलाले बताए ।

जंगलमा चराउन लगेको समयमा आफ्ना तीन खशी र दुई बाख्रा चितुवाले खाएको लालकुुमार रोइलाले बताए । चितुवाले रत्नबहादुर राइको खोर भत्काएर र मानबहादुर रोइलाको बाख्रा जंगलबाट खाएको हो ।

‘युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । हामी बुढापाका मात्र घरमा बसेका छौं,’ स्थानीय लक्ष्मी रोइलाले भनिन्, ‘अब त खोरबाटै चितुवाले खशी बाख्रा खान थाल्यो, हामीलाई पनि आक्रमण गर्ला भन्ने डर भयो ।’